माेरङ क्षेत्र नम्बर ५ : योगेन्द्र मण्डलले सुरु गरे चुनावी अभियान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । शनिबार विराटनगरमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै मण्डलले चुनावी अभियान सुरु गरेका हुन् ।

२०७९ सालको निर्वाचनमा मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका मण्डलले पछिल्लो राजनीतिक परिवर्तन र ‘जेनजी’ आन्दोलनपछि आफ्नै नेतृत्वमा राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरेका थिए ।

चुनावी अभियानको सुरुवात गर्दै मण्डलले २०७९ मा निर्वाचित भएका देशभरका सांसदहरूमध्ये आफूले सबैभन्दा धेरै र प्रभावकारी काम गरेको दाबी गरे । २ वर्ष ८ महिनाको छोटो कार्यकालमा जनस्तरमा देखिने गरी परिवर्तन ल्याएको उनको भनाइ थियो ।

“मैले यो छोटो अवधिमा ४०० भन्दा बढी युवाहरूलाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गरेको छु,” मण्डलले भने,” १६५ वटा क्षेत्र मध्ये सबैभन्दा धेरै जनताकाे काम गर्ने सांसद म नै हुँ ।”

शिक्षा क्षेत्रमा आमूल सुधारका लागि उनले अाफ्नाे क्षेत्रका ४५ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गराएकाे जानकारी दिए । जनताकै सहजताका लागि माेरङकाे कटहरीमा जीवन विकास सामुदायिक अस्पताल सुरु गरेकाे उनकाे भनाइ छ ।

आफ्नो कार्यकालमा वर्षाैदेखिको नागरिकताको समस्या समाधान भएको उनले बताए । नागरिकता विहिन नागरिकलाई नागरिकता वितरण गर्ने कानुन पास गर्नका लागि निरन्तर पहल गरेको बताए ।

उनले आगामी निर्वाचनमा पनि रोजगारी सिर्जना, उद्यमशीलताको विकास र शैक्षिक गुणस्तर सुधारलाई नै मुख्य एजेन्डा बनाएको स्पष्ट पारे ।

सम्पर्क कार्यालय उद्घाटनका क्रममा विभिन्न पार्टीका नेताहरू राष्ट्रिय ऊर्जाशील पार्टीमा प्रवेश गरेका छन् । नेकपा मोरङ क्षेत्र नम्बर ५ (क) का इन्चार्ज भरतलाल बहरदारसहित प्रभावशाली नेताहरूलाई अध्यक्ष मण्डलले पार्टीमा स्वागत गरे ।

योगेन्द्र मण्डलले अभियान सुरु गरेसँगै मोरङ क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा मण्डलसँगै अन्य ठूला दलका हेभीवेट उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा नेकपाबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) बाट राजकुमार यादव, नेकपा (एमाले) का मनोज अग्रवाल, नेपाली कांग्रेसका फुलकुमार लालवानी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झालगायत चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: शनिबार, २५ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.