विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ४८ घण्टाअघि देखि नै सीमा सिल गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ४८ घण्टाअघिदेखि नाका सिल गर्ने सहमति गरेको हो ।
बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी थिए । निर्वाचनको ४८ घण्टा अगावै नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपाने जानकारी दिए ।
निर्वाचनको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त सीमा गस्तीलाई तीव्रता दिने र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने समझदारी पनि भएको छ ।
छलफलका क्रममा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले साझा प्रतिबद्धता जनाएका छन् । तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश नियन्त्रण गर्ने, मानव बेचबिखन, जाली नोटको कारोबार, हातहतियारको तस्करी र लागुऔषध ओसारपसार रोक्न संयुक्त रुपमा प्रयास गर्ने सहमति पनि भएको छ ।
बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई पुरानो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए । भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र प्रहरीसँगको सहकार्यलाई अझ मजबुत बनाउने बताए ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कुमार न्यौपाने, अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए । भारतीय पक्षको नेतृत्व डीआईजी सरोजकुमार ठाकुरले गरेका थिए । टोलीमा मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)