काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेकाे छ । क्यानडाले दिएकाे १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे ।
नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । सन्दीप जोराले ३० बलमा ४ चौका र १ छक्काको मद्धतमा ४४ रन बनाए । गुलशन झा ३१ रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जाेडेकाे थियाे ।
उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।
नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले हराएको थियो ।
विश्वकपको समूह ‘सी’ मा रहेकाे नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ । जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ । याे समूहमा विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)