कांग्रेस कोशी प्रदेशका प्रवक्ता विष्टले दिए राजीनामा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले जिम्मेवारीबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशन पक्षधर रहेका उनले प्रदेश सभापति उद्धव थापासँग वैचारिक मतभेद भएकाे भन्दै राजीनामा दिएका हुन् ।

थापा संस्थापन पक्षधर हुन् । उनले बुधबार प्रदेश सभापतिलाई सम्बोधन गर्दै प्रवक्ताकाे  जिम्मेवारीबाट अलग भएको घोषणा गरे । २०८१ असोज ११ गते उनले प्रवक्तामा नियुक्ती पाएका थिए ।

राजीनामा पत्रमा विष्टले देशको बदलिँदो राजनीतिक परिवेश र विशेषगरी २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछिको परिस्थितिलाई विशेष महत्त्वका साथ उल्लेख गरेका छन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले पार्टीको नीति र नेतृत्वमा आधारभूत परिवर्तन ल्याएको र सोही बदलिएको परिस्थितिमा वर्तमान कार्यसमितिमा रहिरहन असहज भएको उनको जिकिर छ ।

विष्टले राजीनामा पत्रमा लेखेका छन्, “बदलिएको राजनीतिक परिप्रेक्ष्यमा सभापतिज्यूसँग वैचारिक रूपमा मत फरक हुन गएको हुँदा प्रवक्ताको रूपमा काम गर्न असहज परिस्थिति सिर्जना भएको छ । नैतिकताको आधारमा उक्त पदमा बसिरहन उपयुक्त नभएकाले आजकै मितिबाट प्रवक्ता पदबाट राजीनामा गरेको छु ।”

प्रकाशित मिति: बुधबार, २२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.