उद्यमशीलता विकासका लागि लघुवित्तको भूमिका महत्वपूर्ण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । युवाहरूमा नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनका लागि लघुवित्त वित्तीय संस्थाहरूको भूमिका निर्णायक हुने सरोकारवालाहरूले बताएका छन् । स्वावलम्बन विकास केन्द्रले विराटनगरमा आयोजना गरेको ‘युवा स्वरोजगारमा थ्री जिरो क्लब र माइक्रोफाइनान्स’ विषयक गोष्ठीमा बोल्ने वक्ताहरूले उद्यमशीलता विकासका लागि लघुवित्त वित्तीय संस्था भूमिका महत्त्वपूर्ण भएको बताएका हुन् ।

लघुवित्त क्षेत्रका अगुवाहरूले थ्री जिरो ‍(शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन)को अवधारणा नै आर्थिक समृद्धिको आधार भएको बताए । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष संकरमान श्रेष्ठले युवाको नेतृत्व विकास क्षमता र स्वरोजगार सृजनामा लघुवित्त र थ्री जिरो क्लबको भुमिका प्रभावकारी रहेको बताए ।

उद्यमशीलता विकास र थ्री जिरो क्लबका विषयमा नेपालमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले उदाहणीय काम गरेको उनले बताए । जीवन विकासले सुरु गरेको अभियानलाई अन्य लघुवित्त संस्थाले अनुसरण गर्नु पर्ने उनको भनाई छ । ‘उद्यमशीलता विकास र थ्री जिरो क्लबको गठन र सञ्चालनका विषयमा जीवन विकास धेरै अगाडि छ,’ उनले भने,‘ राम्रो कामको सिको गर्नुपर्छ, अन्य संस्थाले जीवन विकासबाट सिकेर काम गर्न मिल्छ ।’ लघुवित्त संस्थाहरूले केवल ऋण लगानी र असुलीमा मात्र केन्द्रित नभई सदस्यहरूको जीवनस्तर उकास्ने कार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवं सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले गरिबी निवारणका लागि लघुवित्त र सहकारी संस्थाहरुको भूमिकालाई प्रभावकारी बनाउँदै लैजानु पर्ने बताए ।

कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले संस्थाले युवाहरूका लागि थ्री जिरो क्लब र नव विहानी कार्यक्रम मार्फत उद्यमशीलता जोडिएको बताए । उनले स्वरोजगारी सिर्जनाका लागि लघुवित्तले उद्यमशीलता विकास विभाग नै खडा गरेको पनि दाबी गरे ।

बालबालिकालाई विद्यालय तहदेखि नै उद्यमशीलतामा जोड्न काम गरिरहेको बताउँदै उनले कृषिमा आधारित तीन स्थानमा वातावरण मैत्री आत्मनिर्भर गाउँ ‘इको भिलेज’ सुरु गरिएको बताए । विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम पनि लागु गरिएको उनले बताए । ‘ उद्यमशीलता विकासका लागि छुट्टै विभाग खडा गरेर अभियान नै सञ्चालन गरेका छौं,’ उनले भने,‘ उद्यमी सदस्यहरुलाई उपहार स्वरुप निःशुल्क दुर्घटना बीमा गरेर प्रोत्साहन गरिरहेका छौं ।’

जीवन विकासका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले शून्य गरिबी, शून्य बेरोजगारी, र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित गठन भएका थ्री जिरो क्लबले काम गििररहेको बताए । थ्री जिरो क्लबको कोअर्डिनेटर समेत रहेका उनले विश्वभर रहेका ६ हजार २ सय ९८ वटा थ्री जिरो क्लबहरू मध्ये नेपालमा मात्र ३ हजार ५ सय क्लबहरू रहेको बताए । उनले भने,‘२५ वर्षमुनिका ४० प्रतिशत युवाहरू विदेशमा छन् । अब भने विदेश रोजाइ हुनुपर्छ, बाध्यता हुनुहुँदैन , यसका लागि युवाहरु थ्रीजिरो क्लव मार्फत संगठित हुनुपर्छ ।’

स्वावलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह विष्टले उद्यमशीलता विकासका लागि विशेष इकाइ गठन गरी विपन्नलाई उद्यमी बनाउने अभियान सुरु गरेको बताए । छिमेक लघुवित्त वित्तीय संस्थाका कोशी प्रदेश प्रमुख अभय शर्माले संस्थाले गरिबी निवारणका लागि थ्री जिरो क्लब गठन र ‘पढ्दै कमाउँदै’ अभियानअन्तर्गत काम गरिरहेको बताए । गरिबी निवारणका लागि सदस्यलाई व्यवसायका लागि प्रोत्साहन गरिरहेको बताए ।

कार्यक्रम बोल्दै थ्री जिरो क्लबका प्रतिनिधि राहुल ठाकुरले थ्री जिरो क्लबमार्फत शून्य बेरोजगारीका लागि काम गर्दा व्यक्तिगत क्षमता र वित्तीय साक्षरता बढेको बताए । उनले विद्यालयहरूमा ‘इन्क्युबेसन सेन्टर’ सुरु गर्ने योजना रहेको सुनाए । सहारा नेपालकी युवा सदस्य प्रतिभा भट्टराईले संस्थाले दिएको तालिमले आफूमा आत्मविश्वास बढाएको र सामाजिक अभियानमा जोडिन मद्दत पुगेको अनुभव सुनाइन् ।

जीवन बिकास, सहारा नेपाल , छिमेक, फरवारड, स्वावलम्बन, महुली, नवोदय सहकारी लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा लघुवित्त र सहकारी क्षेत्रका अभियन्ताहरूले युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन वित्तीय पहुँचसँगै सीप, प्रविधि र बजारसँग जोड्नुपर्ने बताएका थिए । कार्यक्रमबाट गरिबी निवारणका लागि लघुवित्तसँगै शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको उदेश्यसहित स्थापना भएका थ्री जिरो क्लबलाई अझ प्रभावकारी बनाउनु पर्ने निष्कर्ष पनि निकालिएको छ ।

प्रकाशित मिति: बुधबार, २२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.