काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको अन्तिम बन्दसूचीमा पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी देखिएको छ ।
निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ कूल १ हजार ७ सय ७२ जना महिला उम्मेदवार छन् । पुरुष उम्मेदवारको संख्या १ हजार ३ सय ६३ रहेको छ ।
आयोगका अनुसार समानुपातिक प्रणालीमा ६३ वटा राजनीतिक दल सहभागी भएका छन् । कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरिएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिकतर्फ कूल ३ हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र नियमावलीअनुसार प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ । त्यस क्रममा विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ ।
हटाइएकामध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका, २५ जना प्रदेशसभा समानुपातिक सूचीमा दोहोरो नाम परेका, १० जना तोकिएको जरिबाना नतिरेका, १ जना मतदाता नामावलीमा सम्बन्धित क्षेत्रसँग नमिलेका र राजनीतिक दलकै आग्रहमा १० जनाको नाम हटाइएको आयोगले स्पष्ट पारेको छ ।
यसपटक समानुपातिक बन्दसूचीमा महिलाको संख्या उल्लेख्य रूपमा बढी देखिनु समावेशी प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,433)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)