समानुपातिक बन्दसूचीमा महिला उम्मेदवार धेरै

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको अन्तिम बन्दसूचीमा पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी देखिएको छ ।

निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ कूल १ हजार ७ सय ७२ जना महिला उम्मेदवार छन् । पुरुष उम्मेदवारको संख्या १ हजार ३ सय ६३ रहेको छ ।

आयोगका अनुसार समानुपातिक प्रणालीमा ६३ वटा राजनीतिक दल सहभागी भएका छन् । कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरिएको छ । अन्तिम बन्दसूचीअनुसार समानुपातिकतर्फ कूल ३ हजार १ सय ३५ जना उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र नियमावलीअनुसार प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ । त्यस क्रममा विभिन्न कारण देखाउँदै ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ ।

हटाइएकामध्ये २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका, २५ जना प्रदेशसभा समानुपातिक सूचीमा दोहोरो नाम परेका, १० जना तोकिएको जरिबाना नतिरेका, १ जना मतदाता नामावलीमा सम्बन्धित क्षेत्रसँग नमिलेका र राजनीतिक दलकै आग्रहमा १० जनाको नाम हटाइएको आयोगले स्पष्ट पारेको छ ।

यसपटक समानुपातिक बन्दसूचीमा महिलाको संख्या उल्लेख्य रूपमा बढी देखिनु समावेशी प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति: बुधबार, २२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.