काठमाडौं । भारतसँग नयाँ व्यापार सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यो जानकारी दिएका हुन् । उनका अनुसार भारतले आफ्ना व्यापारिक अवरोधहरू शून्यमा झार्न सहमति जनाएको छ । साथै रुसबाट तेल खरिद रोक्ने निर्णय पनि भारतले गरेको ट्रम्पको भनाइ छ ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हट्ने छ । यो घोषणा भारत र युरोपेली संघबीच झण्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् ।
‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद,’ मोदीले एक्समा लेखेका छन्, ‘दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले फाइदा पाउँछन् ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)