विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा विगतका दुई निर्वाचनमा जसले सहकार्य गरे,तिनै नेताहरू फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आमने–सामने भएका छन् । जसको केन्द्रमा छन् पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता अमनलाल मोदी ।
२८ वर्षकै उमेरमा २०७० सालमा संविधानसभा सदस्य बनेका मोदीले त्यसपछिका दुईवटै प्रत्यक्ष निर्वाचन जितेर संसदीय यात्रामा ह्याट्रिक गरिसकेका छन् । चौथो पटक संसद छिर्ने उनको यात्रा यसपटक ‘अग्निपरीक्षा’ जस्तै बनेको छ ।
मोदीको जितको इतिहासमा कहिले एमालेले त कहिले कांग्रेसले साथ दिएका थियो । २०७४ को निर्वाचनमा उनले वाम गठबन्धनका तर्फबाट चुनाव जित्दा नेकपा एमालेबाट जीवन घिमिरेले सघाए । उनी क्षेत्र नम्बर ४(ख)बाट विजयी भएर प्रदेशको मन्त्रीसमेत बने ।
२०७९ को निर्वाचनमा समीकरण फेरियो । तत्कालिन माओवादी केन्द्रले कांग्रेससँग तालमेल गर्दा कांग्रेस नेता गुरुराज घिमिरेले मोदीलाई सघाए । मोदी प्रतिनिधिसभाको उम्मेदवार बन्दा उनी प्रदेशसभाको उम्मेदवार बनेका थिए । मोदी जितेर संसद पुग्दा गुरुराज घिमिरे प्रदेश सभा (४ क) मा पराजित भए ।
अहिले परिस्थिति फेरिएको छ । न त एमालेसँग तालमेल छ, न कांग्रेससँग । मोदी एक्लै मैदानमा छन् र उनको मुख्यप्रतिस्पर्धा पुराना ‘सारथी’ जीवन घिमिरे (एमाले)र गुरुराज घिमिरे (कांग्रेस) छ । जीवन र गुरुराज दुवै गतनिर्वाचनमा प्रदेशसभामा पराजित भएका थिए । प्रदेशसभा र पार्टीकाे प्रदेश अधिवेशनमा सभापतिमा पराजित भएका घिमिरे राजनीतिक रुपमा अाेझेल परेका थिए । तर, जेनजी आन्दाेलनपछि कांग्रेसकाे विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी पुन पार्टी राजनीतिकाे केन्द्रमा छन् । याे क्षेत्रमा नयाँ शक्तिकाे रुपमा उदाएकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार सन्तोष राजवंशीको उम्मेदवारीले प्रतिस्पर्धा पेचिलो बनेको छ ।
मोदी र घिमिरेद्वय विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको राजनीतिमा आएका नेता हुन् । २०५६ सालदेखि माओवादीमा लागेका मोदी २०६० सालमा पक्राउ परे । दुई बर्ष तीन महिना जेलमा विताए । राजनीतिक आन्दोलनका क्रममा घिमिरे द्वयले पनि पटकपटक हिरासमतमा बसेका छन् ।
१ लाख १९ हजार २५५ मतदाता रहेको यो क्षेत्र थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ गरी जम्मा २३ वटा वडाहरू याे क्षेत्रमा छन् । पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छन् । १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदान स्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले बलियो छ । यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ सहित विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका थिए । गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)