सुनसरी–३ मा गच्छदार र चौधरीको ‘चौथो प्रतिस्पर्धा’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को चुनावी मैदान फेरि एकपटक तातिएको छ । यो एउटा क्षेत्रकाे प्रतिस्पर्धा मात्रै हाेइन, तीन दशकदेखि एकछत्र राज गरिरहेका ‘राजनीतिका चतुर खेलाडी’ विजयकुमार गच्छदार र उनलाई टक्कर दिँदै आएकी नेकपा एमालेकी भगवती चौधरीबीच ‘इगो’ र ‘अस्तित्व’को लडाइँ पनि हो । गच्छदारका लागि याे निर्वाचन जीवनकै कठिन ‘अग्निपरीक्षा’ जस्तै छ ।

यो निर्वाचनमा गच्छदारको उम्मेदवारी आफैँमा एउटा ठूलो राजनीतिक ‘ड्रामा’ हाे । किनकी नेपाली कांग्रेसको संस्थापनकाे नेतृत्वले दुहबीका मेयर बेद गच्छदारलाई टिकट दिइसकेको थियो । तर, अन्तिम समयमा विजय गच्छदारले शेखर काेइराला मार्फत बीचबाटोमै टिकट खोस्न सफल भए । र पटक चुनावी मैदानमा उत्रिएका छन् । उनले बेद गच्छदारलाइ पनि फकाएमा छन् ।

२०४८ सालदेखि २०७४ सम्मका ६ वटा निर्वाचनमा अपराजित रहेका गच्छदारको अपराजित यात्रा २०७९ मा रोकिएको थियो । ५० वर्ष लामो राजनीतिक यात्रामा ललिता निवास जस्ता भ्रष्टाचार मुद्दाले उनलाई गत निर्वाचनमा गाह्रो बनायो । भगवती चौधरीसँगको पछिल्ला तीनवटा भिडन्त निकै रोचक र झिनो मतान्तरका छन् ।

-२०७० को दोस्रो संविधानसभा: गच्छदारले मात्र ३६२ मतले जिते ।
-२०७४ को निर्वाचन: गच्छदार ३२१ मतको झिनो अन्तरले विजयी भए (जसमा भगवतीले धाँधलीको आरोप लगाउँदै अदालतसम्म पुगेकी थिइन्) ।
-२०७९ को निर्वाचन: अन्ततः पासा पल्टियो । भगवती चौधरीले ४०,७८८ मत ल्याएर विजयी हुँदा गच्छदार ३५,६०० मतमा खुम्चिए ।

यसपटक गच्छदार र चौधरीको पुराना प्रतिद्वन्द्वितामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोक चौधरीले चुनाैती दिइरहेका छन् । नयाँ पुस्ताको मत र पुराना दलप्रतिको वितृष्णालाई क्यास गर्दै अशोकले दुवै पुराना खेलाडीलाई चुनौती दिइरहेका छन् । मैदानमा उनीहरूसहित २३ जना उम्मेदवार छन्, जसमा माओवादीका आशुतोष ढुङ्गेल र जसपाका बद्रीप्रसाद यादव पनि छन्।

गत स्थानीय तहको निर्वाचनको वडागत मत हेर्ने हो भने यहाँ कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ। वडाध्यक्षहरूको मत: कांग्रेसले २४,७३१ पाउँदा एमालेले २४,३५४ मत ल्याएको थियो । समानुपातिक तर्फ (२०७९): एमाले (३३,९०२) कांग्रेस (२९,६८०) भन्दा अगाडि देखिन्छ । रास्वपाले ६,८३६ मत ल्याएर आफूलाई तेस्रो शक्तिको रूपमा उभ्याएको छ ।

इटहरीका केही वडादेखि दुहबी, गढी र बर्जुसम्म फैलिएको यो क्षेत्रमा १ लाख ३४ हजार ३०२ मतदाता छन् । ६ पटक चुनाव जितेर रेकर्ड बनाएका गच्छदार यसलाई आफ्नो ‘अन्तिम चुनावी प्रतिस्पर्धा’ भन्दै सहानुभूति बटुल्ने दाउमा छन् भने भगवती चौधरी आफ्नो प्रभाव जोगाउँदै गच्छदारको राजनीतिक विदाई गर्ने दाउमा छिन् ।

प्रकाशित मिति: शनिबार, १८ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.