विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले विराटनगरको वीरेन्द्र सभागृहमा हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालयसहित सरकारी संरचनामा जलेकाे थियाे । वीरेन्द्र सभागृहलाई जेनजी युवाहरुले नै आगजनी हुनबाट जोगाएका थिए । अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन र सचिवालय प्रयोग गर्न नमिल्ने भएपछि प्रदेशसभा भवन र सचिवालय विराटनगरको ‘गुद्री बजार’ सार्नका लागि निर्माण भएकाे कटहरी फलफूल तथा कृषि थोक बजारमा सारिएको थियो । तर,कटहरीको संरचनामा सभा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार नभएका कारण विकल्पको रूपमा वीरेन्द्रसभा गृह रोजिएको हो ।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेशसभाको आफ्नै बैठक कक्ष निर्माणका लागि अहिले ठेक्का प्रक्रिया अगाडि बढेको छ । नयाँ संरचना तयार नहुन्जेलसम्मका लागि अस्थायी रूपमा वीरेन्द्रसभा गृह प्रयोग गरिने उनले बताए । उनका अनुसार बैठक सञ्चालनका लागि प्रदेशसभाले विराटनगर महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ शुल्क बुझाउनेछ ।
६ महिनाका लागि गृह भाडामा लिँदा प्रदेश सरकारले कूल ४८ लाख रुपैयाँ महानगरलाई तिर्नुपर्नेछ। यो रकम दैनिक हिसाब गर्दा २६ हजार ६ सय ६७ रुपैयाँ हुन आउँछ । महानगरपालिकासँग सम्झौताका लागि प्रक्रिया अगाडि बढेको बताउँदै खड्काले प्रदेशसभाकाे संरचना तयार भएपछि आफ्नै भवनमा सर्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)