निर्वाचन तयारीका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। निर्वाचन आयोग, रक्षा मन्त्रालय र गृह मन्त्रालयका लागि उक्त रकम उपलब्ध गराइएको हो।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार निकासा भएको कुल रकममध्ये सबैभन्दा धेरै गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड रुपैयाँ दिइएको छ। यस्तै, निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड र रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड रुपैयाँ निकासा भइसकेको छ। सरकारले निर्वाचनमा कुल २५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै सोही अनुसार स्रोत सुनिश्चित गरिरहेको उनले बताए ।

गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षामा खटिने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि करिब साढे २० अर्ब रुपैयाँ बजेट माग गरेका थिए। अर्थ मन्त्रालयले सोही प्रस्तावका आधारमा क्रमिक रूपमा बजेट पठाएको हो।

पछिल्ला निर्वाचनहरूको तथ्याङ्क हेर्दा निर्वाचन व्यवस्थापन गर्ने आयोगको तुलनामा सुरक्षा निकायको खर्च निकै उच्च देखिन्छ। २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले पाएको बजेटको करिब ८१ प्रतिशत मात्र खर्च गरेर बाँकी फिर्ता गरेको थियो। तर, गृह र रक्षा मन्त्रालयले भने विनियोजित बजेटको झन्डै शतप्रतिशत रकम खर्च गरेका थिए। यसले निर्वाचनमा मतपत्र र व्यवस्थापनभन्दा सुरक्षा बन्दोबस्त महँगो बन्दै गएको देखाउँछ।

यसपटक १ लाख ४७ हजार निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ, जसको पारिश्रमिक, पोसाक र भत्ताका लागि मात्रै ९ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। अन्य सुरक्षा निकायहरू नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, सेनाका लागि ३ अर्ब ४४ करोड र सशस्त्र प्रहरीका लागि ३ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: बुधबार, १५ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.