७७ वटै जिल्लामा कांग्रेसकाे परिपत्र : शेरबहादुर देउवाको साथ रहने विश्वास

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र जारी गरेको छ ।

विशेष महाधिवेशनमा भएका हार जितको कुरा नगरी चुनावमा केन्द्रित हुन परिपत्रमार्फत आग्रह गरिएको छ । अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा उल्लेख छ ।

विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको सन्देश परिपत्रमार्फत दिइएको छ ।

‘गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ-आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ’ परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १४ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.