विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तीन प्रदेशमा खेलकुद कार्यक्रम आयोजना गरेको छ । आफ्ना कर्मचारीहरूको मनोबल उच्च बनाउने र आन्तरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले तीनवटा प्रदेशमा ‘प्रदेश स्तरीय खेलकुद कार्यक्रम’ आयोजना गरेको हो ।
शुक्रबार र शनिबार आयोजित प्रतियोगिता कोशी, मधेश र बागमती प्रदेशमा एकैसाथ सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रदेश मातहतका फिल्ड म्यानेजर, कार्यालय सहयोगी तथा रिसेप्सनिष्ट कर्मचारीहरूको उत्साहजनक सहभागिता थियो । सदस्यहरूको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको संस्थाले कर्मचारीका लागि दोस्रो पटक यस्तो प्रतियोगिता आयोजना गरेको हो ।
कोशी प्रदेश
कोशी प्रदेशमा आयोजित प्रतिस्पर्धामा विभिन्न विधामा तीव्र प्रतिस्पर्धा भएकाे थियाे ।
क्रिकेट: झापाको विर्तामोड क्लस्टर विजेता र सुनसरी क्लस्टर उपविजेता बने। सुनसरीका अजयकुमार राजवंशी ‘म्यान अफ द सिरिज’ घोषित भए ।
फुटबल: इलाम जिल्ला क्लस्टरले उपाधि जित्दा सुनसरी क्लस्टर उपविजेतामा सीमित भयो । इलामका अक्षयकुमार राई ‘बेस्ट प्लेयर’ चुनिए ।
कवड्डी (पुरुष): धनकुटा क्लस्टर विजेता र झापाको धरमपुर क्लस्टर उपविजेता बने। धनकुटाका शम्भु मण्डल ‘म्यान अफ द सिरिज’ भए ।
कवड्डी (महिला): मोरङको झोराहाट क्लस्टरले उपाधि चुम्यो भने रामचोक क्लस्टर उपविजेता बन्यो। झोराहाटका प्रीया झा ‘म्यान अफ द सिरिज’ भइन् ।
भलिबल: उदयपुर क्लस्टर विजेता र झोराहाट क्लस्टर उपविजेता बने। तेजराज क्यापछाकी मगर ‘म्यान अफ द सिरिज’ घोषित भए ।
मटका फोड: रामनारायण मण्डल, रानी मण्डल र जानुका बस्नेत विजयी भए ।
भ्यागुते दौड: बिरनारायण सरदार (प्रथम), देवरथकुमार सिंह (दोस्रो), राधेश्याम सिंह (तेस्रो) ।
सियो-धागो दौड : प्रदीप शाह (प्रथम), प्रियंका साह (दोस्रो), पंकजकुमार सिंह (तेस्रो) ।
चम्चा-गुच्चा दौड: गायत्री राजवंशी (प्रथम), शिवरात्री चौधरी (दोस्रो), आशिकुमार ठाकुर (तेस्रो)।
म्युजिकल चेयर: विमलकुमार सिंह (प्रथम), सुनिताकुमारी मण्डल (दोस्रो), नारायणप्रसाद सिंह (तेस्रो)।
मधेश प्रदेश
मधेश प्रदेशमा पनि विभिन्न खेलहरूमा कर्मचारीहरूले आफ्नो सीप प्रदर्शन गरे ।

क्रिकेट: धनुषा क्लस्टर विजेता र बारा क्लस्टर उपविजेता बन्याे । धनुषाका आशिष चौधरी ‘म्यान अफ द सिरिज’ भए ।
फुटबल: सिरहा क्लस्टर विजेता र राजविराज क्लस्टर उपविजेता बन्याे । सुरेन्द्रकुमार सदा ‘म्यान अफ द सिरिज’ घोषित भए ।
भलिबल: धनुषा क्लस्टर प्रथम भयाे ।
कवड्डी: महोत्तरी क्लस्टर विजयी भयाे ।
म्युजिकल चेयर: माधवी यादव (प्रथम), रेनुकुमारी मण्डल गनगाई (दोस्रो), सुनिता मेहता (तेस्रो)।
सियो-धागो दौड: रिका मण्डल (प्रथम), सन्दीप शाह (दोस्रो), मनिष सुतिहार (तेस्रो)।
चम्चा गुच्चा दौड: सुरज रम्तेल (प्रथम), राजेन्द्र ताजपुरिया (दोस्रो), पुजाकुमारी भगत (तेस्रो)।
बोरा दौड: मिथलेशकुमार यादव (प्रथम), पंकजकुमार सिंह (दोस्रो), दिनेशकुमार साह (तेस्रो)
बागमती प्रदेश
बागमती प्रदेशमा भएको प्रतिस्पर्धामा मकवानपुर र सिन्धुलीले मुख्य उपाधिहरू जितेका थिए ।

क्रिकेट: मकवानपुर क्लस्टर विजेता र काभ्रे क्लस्टर उपविजेता बन्याे । रोशनकुमार मण्डल ‘प्लेयर अफ द सिरिज’ भए ।
फुटबल: सिन्धुली क्लस्टर विजेता र काभ्रे क्लस्टर उपविजेता बन्याे । राजकुमार भुजेल ‘प्लेयर अफ द सिरिज’ घोषित ।
भलिबल: काभ्रे क्लस्टर विजेता। मनोज भुजेल ‘प्लेयर अफ द म्याच’ चुनिए ।
म्युजिकल चेयर: (महिला): अञ्जु रोक्का (प्रथम), टिकाकुमारी श्रेष्ठ (दोस्रो), पूर्णिमा परियार (तेस्रो)।
म्युजिकल चेयर(पुरुष): नोन ठकुरी (प्रथम), दीप राजवंशी (दोस्रो), मोतीबहादुर बिक (तेस्रो)।
चम्चा-गुच्चा दौड : अजयकुमार साह (प्रथम), पूर्णिमाजंग परियार (दोस्रो), अभिषेक साह (तेस्रो) ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई जीवन विकास लघुवित्तका सञ्चालक तथा व्यवस्थापन टोलीले मेडल र सिल्ड प्रदान गरेका थिए । संस्थाले गत वर्ष शाखा प्रमुखहरूबीच खेलकुद गराएको थियो भने यस वर्ष फिल्डमा खटिने कर्मचारीहरूलाई प्राथमिकता दिएको हो ।
कर्मचारीको क्षमता विकास गर्दै संस्थाको सेवालाई प्रभावकारी बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजकुमार मण्डलले जानकारी दिए । खेलकुद गतिविधिले कर्मचारीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई पनि बलियाे बनाउने उनकाे भनाई छ ।
‘खेलकुद कार्यक्रमले हामीलाई एकखालको उर्जा दिएको छ, अब कार्यक्षेत्रमा गएर कर्मचारीले अझ उच्च मनोबलका साथ काम गर्नुहुनेछ,’ उनले भने,‘हामी सेवा प्रवाहसँगै कर्मचारीको क्षमता र व्यक्तित्व विकासमा पनि उत्तिकै सचेत छौँ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)