इलाममा बालेनको घरदैलो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा) नेता बालेन शाह चुनावी प्रचारका लागि इलाम पुगेका छन् ।

उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरे । इलामबाट उनी पाँचथर हुँदै ताप्लेजुङ जानेछन् । इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोकुलबहादुर राईपनि थिए ।

झापा क्षेत्र ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट पनि मागे ।

मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थीत सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए । उनले मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०९ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.