प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उम्मेदवारको आज नामावली प्रकाशन हुँदै छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीपछि आज बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैबीच, उमेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।

आयोगले तालिकाअनुसार मंगलबार (माघ ६) देशैभर उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो । मनोनयन पत्र दर्ता गरेका उम्मेदवारउपर बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म दाबीविरोध पेस गर्ने समय तोकिएको थियो ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रकाशित मिति: बिहिबार, ०९ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.