विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग 

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् ।  विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट लिएका हुन् ।

१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षीको धारको नेतृत्व गरे । जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाउँदा कोइराला बीचमा उभिएका थिए । अन्तिमा उनी शेरबहादुर देउवासँगै उभिए । तर, निर्वाचन आयोगको निर्णयपछि उनी नयाँ नेतृत्व स्वीकार गर्न तयार भए ।

कांग्रेस नेताहरुका अनुसार मोरङको ६ वटा क्षेत्र मध्ये कोइरालाले आफ्नो भागमा ३ वटा क्षेत्र लिएका छन् । मोरङ क्षेत्र नम्बर– २ मा डाक्टर मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्मा उनको समूहका सदस्य हुन् ।  क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका महामन्त्री गुरुराज घिमिरे पनि कोइराला समूहमा थिए । विशेष महाधिवेशनको बेला उनले कोइराला समूह छाडेका थिए ।

इलाम क्षेत्र नम्बर– २ का उम्मेदवार भेषराज आचार्य पनि कोइराला समूहका हुन् ।  झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं डाक्टर कोइराला समूहमा छिन् । झापा क्षेत्र नम्बर १ का उम्मेदवार केशवराज पाण्डे पनि कोइराला समूहका हुन् ।

सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजिब कोइराला र क्षेत्र नम्बर ३ का उम्मेदवार विजयकुमार गच्छदार पनि कोइराला समूहका हुन् । सुनसरी क्षेत्र नम्बर ३ मा गगन थापाले विजयका भतिज बेदप्रकाश गच्छदारलाई टिकट दिएका थिए । तर, आफू असुरक्षित हुने देखेपछि शेखर कोइरालाले उनको टिकट रोकेर विजयकुमार गच्छदारलाई नै टिकट दिन लगाए ।

भोजपुरका उम्मेदवार बालकृष्ण थापा कोइराला समूहका हुन् । कोइराला समूहको दाबी अनुसार उदयपुर १ का उम्मेदवार विदुर बस्नेत र २ का उम्मेदवार रामकुमार राई पनि उनकै समुहका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङ, धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका दीपिनकुमार श्रेष्ठ,पाँचथरका नरेन्द्रकुमार केरूङ, मोरङ १ मा खड्ग फागो सभापति गगन थापा समूहका हुन् ।

२८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशका अन्य स्थानमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहले पनि भागवण्डा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, ०८ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.