प्रतिनिधिसभा निर्वाचन : माेरङमा ११९ जनाकाे  उम्मेदवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  आगामी निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट खड्ग फागो, एमालेबाट घनश्याम खतिवडा, नेकपाबाट कुलप्रसाद साम्बा र राष्ट्रीय स्वतन्त्र पार्टीबाट यज्ञमणी न्यौपाने उम्मेदवार बनेका छन् । याे क्षेत्रबाट गत निर्वाचनमा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बु निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ मा जम्मा १८ जनाको उम्मेदवारी परेको छ । जसमा ५ जना स्वतन्त्र छन् । यो क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट डाक्टर मिनेन्द्र रिजाल, नेकपा एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई, रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार बनेका छन् । याे क्षेत्रमा गत निर्वाचनमा ऋषिकेश पाेखरेल निर्वाचित भएका थिए । याे पटक ४ स्वतन्त्रसहित १७ जनाको  उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसबाट डाक्टर सुनिल शर्मा, नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट डाक्टर देबेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । गत निर्वाचनमा शर्मा विजयी भएका थिए । यो क्षेत्रमा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता छन् ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट गुरुराज घिमिरे, नेकपाबाट अमनलाल मोदी, नेकपा एमालेबाट जीवन घिमिरे र रास्वपाबाट सन्तोष राजवंशी उम्मेदवार बनेका छन् । गत निर्वाचनमा माेदी विजयी भएका थिए ।क्षेत्र नम्बर ४ मा २१ जना उम्मेदवार छन् । जसमा  ४ जना स्वतन्त्र छन् । मतदाता संख्या १ लाख १९ हजार २५५  छ ।

क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रीय उर्जाशील पार्टी योगेन्द्र मण्डल, रास्वापबाट आशा झाले उम्मेदवारी दर्ता गरेकी छन् । यो क्षेत्रमा २२ जनाको उम्मेदवारी परेको छ । मतदाता १ लाख १० हजार १ सय ७७ जना मतदाता छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए । मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रीय स्वतन्त्र पार्टीबाट रुविना आचार्यसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति: बुधबार, ०८ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.