विराटनगर । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि मोरङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।
कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाे लगाएकाे हाे ।
क्षेत्र नम्बर १ मा खड्ग फागो, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा डा.सुनील शर्मा, क्षेत्र नम्बर ४ मा गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ मा फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ मा डा.शेखर कोइरालालाई उम्मेदवार बनाएकाे हाे ।
क्षेत्र नम्बर ६ मा पार्टीका शीर्ष नेता डा. शेखर कोइराला र क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजालको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।