काठमाडौं । राष्ट्रिय उर्जाशील पार्टी नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका तीन क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
केन्द्रीय समितिको बैठकले मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ बाट केन्द्रीय अध्यक्ष योगेन्द्र मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मण्डल सोही क्षेत्रबाट ‘चापाकल’ चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनपछि मण्डलकै नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी गठन भएको हो । निर्वाचन आयोगबाट पार्टीले पनि मण्डलको अघिल्लो चुनाव चिन्ह ‘चापाकल’ नै प्राप्त गरेको छ ।
यस क्षेत्रमा मण्डलको प्रतिस्पर्धा पुरानै प्रतिद्वन्द्वीहरूसँग हुने देखिएको छ । नेपाली कम्युनिष्ट पार्टीले शिवकुमार मण्डल र जसपा नेपालले राजकुमार यादवलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा पनि यी तीनै जनाबीच मुख्य प्रतिस्पर्धा भएको थियो, जसमा स्वतन्त्र रहेका योगेन्द्र मण्डल विजयी भएका थिए ।
उर्जाशील पार्टीले मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य मनोजकुमार राजवंशी उम्मेदवार बनाएकाे छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट भुवनकुमार वाग्लेलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।
उर्जाशील पार्टीले विकास र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर निर्वाचनमा होमिने बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)