अन्तरिम सरकारका तीन मन्त्रीले दिए राजीनामा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल,ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री खरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदैछ ।

यसअघि ऊर्जामन्त्री रहेका घिसिङ र खेलकुदमन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए । घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी तयारीमा छन् । गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन् ।

प्रकाशित मिति: सोमबार, ०६ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.