विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले मोरङ र सुनसरीका क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाउँदा रोचक दृश्यहरू देखिएका छन् । कतै केन्द्रले दिएको टिकट उम्मेदवारले लिन मानेनन् । कतै पार्टी प्रवेश गरेको केही घण्टामै पुराना नेताको टिकट खोसेर नयाँलाई दिइएको छ ।
मोरङ ३ मा दीलिप राईको इन्कार
मोरङ क्षेत्र नम्बर ३ मा एमालेले सुरुमा दीलिप राईको नाम फाइनल गरेको थियो । क्षेत्रीय समितिको सिफारिसमा केन्द्रले टिकट पठाए पनि राईले अन्तिम समयमा चुनाव लड्न अनिच्छा गरे । स्रोतका अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसका नेता सुनील शर्मासँगको प्रतिस्पर्धा चुनौतीपूर्ण ठानेर उनी पछि हटेका हुन् ।
यो क्षेत्र यसअघि पार्टी सचिव भानुभक्त ढकालको थियो । तर, २०७९ को निर्वाचनमा शर्मासँग पराजित भएपछि ढकाल यसपटक आफ्नो थातथलो तेह्रथुम फर्किएका छन् । दीलिप राईले नमानेपछि एमालेले शिक्षक इरन राईलाई यो क्षेत्रमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । जिल्ला उपाध्यक्ष सागर थापाले राईको अनिच्छापछि इरनलाई टिकट दिइएको पुष्टि गरे ।
विनोद ढकालको ‘सरप्राइज’ इन्ट्री
एमालेभित्र इतर समूहमा रहेका नेता विनोद ढकालका लागि यसपटकको टिकट अप्रत्याशित रह्यो । क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिस भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण उनले टिकट पाउने आश मारेका थिए । तर, आइतबार अबेर अध्यक्ष ओलीले उनलाई क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने निर्णय गरेपछि ढकाल चुनावी अभियानमा होमिएका छन् । यस्तै, क्षेत्र नम्बर ५ मा युवा नेता मनोज अग्रवाललाई उम्मेदवार बनाइएको छ ।
मोरङका अन्य क्षेत्र: पुराना र नयाँ अनुहारको सम्मिश्रण
क्षेत्र नम्बर १ मा एमालेले पुनः घनश्याम खतिवडालाई नै विश्वास गरेको छ । यो उनको पाँचौँ संसदीय प्रतिस्पर्धा हो । क्षेत्र नम्बर २ मा रंगेली नगरपालिकाका दुई पटकका मेयर दीलिप बगडियाले पहिलो पटक संघमा प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नम्बर ४ मा पूर्वप्रदेश मन्त्री जीवन घिमिरे उम्मेदवार बनेका छन् ।
सुनसरीमा ‘टिकट खोसाखोस’: नवप्रवेशी अन्सारीको उदय
सुनसरी क्षेत्र नम्बर ४ मा भने एमालेभित्र विवाद भएकाे छ । नेपाली कांग्रेस परित्याग गरी आइतबार मात्र एमाले प्रवेश गरेका अबुल हुसैन अन्सारीले प्रवेश गरेको केही घण्टामै टिकट हात पारेका छन् । यसअघि सो क्षेत्रबाट एकल सिफारिस भएका र टिकट पाइसकेका एमाले केन्द्रीय सदस्य जगदीश कुसियतको टिकट खोसिएको हो । कुसियतलाई अब क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी गरिएको छ, जहाँ यसअघि रेवतीरमण भण्डारीको नाम तय भइसकेको थियो । याे निर्णयले एमालेको आन्तरिक वृत्तमा तीव्र असन्तुष्टि र विवाद सुरु भएको छ ।
धरानमा जनदबाबपछि उम्मेदवार परिवर्तन
सुनसरी क्षेत्र नम्बर १ (धरान) मा पनि एमालेले उम्मेदवार फेरेको छ । सुरुमा सूर्यप्रकाश पन्धाकलाई टिकट दिने निर्णय भए पनि स्थानीय नेता–कार्यकर्ताको चर्को विरोधपछि टिकाराम माङ्देवले टिकट पाएका छन् ।
धरानमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी र मनोज भट्टराईको उम्मेदवारीले प्रतिस्पर्धालाई थप त्रिपक्षीय र रोचक बनाएको छ ।
सुनसरी क्षेत्र नम्बर ३ मा भने एमालेले पुरानै अनुहार भगवती चौधरीलाई अघि सारेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)