काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।
चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)