मोरङमा एमालेले छान्याे चार उम्मेदवार , दुई क्षेत्रको जिम्मा अध्यक्षलाई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका चार निर्वाचन क्षेत्रहरूमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारको नाम टुङ्गाे लगाएकाे हाे ।

मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नम्बर २ मा दिलीप बगडिया, क्षेत्र नम्बर ३ मा दिलीप राई र क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई चुनावी मैदानमा उतार्ने निर्णय भएकाे छ । बगडीया रंगेली नगरपालिकाकाे मेयर हुन् ।

निर्वाचन क्षेत्र नम्बर ५ र ६ को हकमा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरिएको छैन । यी दुई क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ती क्षेत्रहरूमा चुनावी रणनीति र तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अध्यक्षले नै उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, ०४ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.