काठमाडौं । आगामी आम निर्वाचनको मिति नजिकिँदै राजनीतिक वृत्तमा झापा निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको केन्द्रमा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीचको सम्भावित प्रतिस्पर्धाले यस क्षेत्रलाई मात्र नभई सिंगो देशको ध्यान खिचेको छ । तर, यसै क्षेत्रबाट विगतमा केपी ओलीलाई पराजित गरेका संविधानसभा सदस्य विश्वदीप लिङ्देनले भने यी दुवै चर्चित अनुहारसँग जनताका वास्तविक एजेन्डा नभएको टिप्पणी गरेका छन् । लिङ्देनले २०६४ सालमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्दै ओलीलाई पराजित गरेका थिए ।
हाल नेपाली कांग्रेसमा रहेका लिङ्देनले दुवै नेताहरूमा ‘प्रधानमन्त्री बन्ने’ तीव्र इच्छाशक्ति भए पनि त्यसका लागि आवश्यक पर्ने ठोस मार्गचित्र नभएको बताएका छन् । उनले भने ,”अहिलेको राजनीति केवल पदको वरिपरि घुमेको छ । केपी ओली र बालेन शाह दुवैले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेका छन्, तर उनीहरूका भाषण र योजनामा जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्याको समाधान छैन।”
लिङ्देनका अनुसार, केवल पपुलिज्म (लोकप्रियतावाद) को भरमा चुनाव जित्ने रणनीतिले लोकतन्त्रलाई बलियो बनाउँदैन । जनताले अहिले महँगी, बेरोजगारी र भ्रष्टाचार विरुद्ध ठोस कार्ययोजना खोजिरहेका छन्, जुन दुवै पक्षबाट स्पष्ट रूपमा आउन सकेको छैन ।
२०६४ सालको संविधानसभा निर्वाचनमा केपी ओलीलाई झापा–५ मा पराजित गरेका लिङ्देनले अहिलेको राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा विश्लेषण गरेका छन् । उनले पुराना दलका नेताहरूमा अझै पनि “मैले जे गरे पनि जनताले भोट दिन्छन्” भन्ने दम्भ रहेको आरोप लगाए । अर्कोतर्फ, नयाँ शक्ति वा स्वतन्त्रका रूपमा उदाएकाहरूले पनि स्पष्ट नीतिभन्दा बढी भावनात्मक उत्तेजना फैलाएको उनको तर्क छ ।
“चुनाव जित्नुभन्दा अगाडि नै आफूलाई विजयी घोषणा गर्नु र प्रधानमन्त्रीको दाबी गर्नु मतदाताको विवेकको अपमान हो,” लिङ्देनले भने,”अहिलेको ‘जेनजी’ पुस्ताले राजनीतिमा विद्रोह गरिरहेको छ । यो विद्रोह पुराना नेताहरूको भ्रष्टाचार र असक्षमताका विरुद्ध हो । तर, यो विद्रोहलाई सही दिशा दिने एजेन्डाको खाँचो छ।”
झापा–५ मा केपी ओली आफ्नो विरासत जोगाउने दाउमा छन् भने बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा स्वतन्त्र समूहबाट उनलाई चुनौती दिने चर्चा छ । यसैबीच, सोही क्षेत्रबाट फेरि निर्वाचन लड्ने तयारीमा रहेका लिङ्देनले आफूलाई ‘जनताको वास्तविक प्रतिनिधि’ का रूपमा उभ्याएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)