काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । आयोगले शेरबहादुर देउवाको कार्यसमितिलाई आधिकारिकता दिन्छ कि विशेष महाधिवेशनको नयाँ नेतृत्व गगन थापालाई आधिकारिकता दिन्छ भन्नेमा धेरैको चासो छ ।
बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाे दिन गगन थापा नेतृत्वकाे टाेली आधिकारिकता दाबी गर्दै निर्वाचन आयाेग पुगेकाे थियाे । थापा नेतृत्वकाे कांग्रेसले पार्टीकाे विवरण अद्यावधिक गर्न निवेदन दिएकाे छ । शुक्रबार शेरबहादुर देउवा नेतृत्वकाे काग्रेस निर्वाचन आयाेग पुगेकाे छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी विशेष महाधिवेशन पक्षधरले मंगलबार निर्वाचन आयोगमा आफ्नो पत्र बुझाइसकेका थिए ।
सभापति शेरबहादुर देउवा पक्षधरको केन्द्रीय कार्यसमिति बैठकले बुधबार महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको पत्र पनि बुधबार आयोगमा पठाएको थियाे ।
आयोगले कांग्रेसका यी दुवै पक्षबाट पत्र प्राप्त भएको पुष्टि गरेको छ। आयोग स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त कांग्रेस विवादमा छिट्टै निर्णयमा पुग्ने तयारीमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)