विराटनगर । सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदै एउटै वडाका पाँच जनाकाे मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा त्यसमा सवार ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको हाे ।
हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार सडकको घुम्तीमा तीव्र गतिको ट्रक अनियन्त्रित भई पल्टिएको थियो । उनका अनुसार ट्रकको पछाडि सामानमाथि बसेका ५ जनाकाे मजदुर टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गएको हाे ।
दुर्घटनामा ज्यान गुमाउने पाँचै जना सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीका अनुसार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङकाे मृत्यु भएकाे हाे ।
दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए । जसमध्ये ४ जना चालकको क्याबिनमा र ५ जना पछाडि सामानमाथि बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन् । चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)