कांग्रेस सभापतिमा गगन थापा चयन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उग्र हुँदा पार्टी विभाजन भएकाे छ । विभाजनपछि राजधानीमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापित गर्दै गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । देउवा पक्षले गगनसहित नेताहरुलाई कारबाही गरेकाे छ ।

आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए ।

नयाँ कार्यसमितिको दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भए । दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरे छन् ।

समावेशी संरचनाअनुसार सह-महामन्त्रीहरूमा डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाईली स्नेही (दलित), बहादुर सिंह लामा (जनजाती), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्ण बहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भए।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्। जसमा गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, विनोद चौधरी, अजयबाबु सिवाकोटी, भरत शाह र मधेु आचार्य लगायत छन्। महिला खुलातर्फ चम्पा देवी खड्का र प्रतिमा गौतमसहित ९ जना चुनिएका छन्।

प्रदेशगत रूपमा पनि नेतृत्व बाँडफाँड गरिएको छ। कोशीबाट हिमालय कर्माचार्य, मधेशबाट रामानन्द यादव, बागमतीबाट जितनारायण श्रेष्ठ, गण्डकीबाट रेशम बानिया, लुम्बिनीबाट केशव आचार्य, कर्णालीबाट दिक्पाल शाही र सुदूरपश्चिमबाट हिम बहादुर रावल लगायतले खुला सदस्यमा स्थान पाएका छन् ।

प्रकाशित मिति: बिहिबार, ०२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.