सिमलताल पहिरो : डेढ वर्षपछि भेटियाे गणपति डिलक्स, एन्जल डिलक्सकाे अवस्था अझै अज्ञात

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट २०८१ असार २८ गते पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएकाे दुई बस मध्ये एउटा बस बालुवाले पुरेकाे अवस्थामा भेटिएकाे छ ।

मंगलबार त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्सको बस फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीनजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्टपुर्जा फेला परेको उनले बताए ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स सिमलतालबाट पहिरोसहित नदीमा खसेकाे थियाे । गणपति डिलक्समा सवार ३१ जनामध्ये तीनजनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । १४ जनाको शव फेला परेको थियो । अन्य अझै बेपत्ता छन् ।

प्रकाशित मिति: बुधबार, ०१ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.