जीवन विकासको सञ्चालक सदस्यमा खतिवडा र सिटौला निर्विरोध निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक सदस्यमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाले सर्वसाधारण सेयर सदस्य समूहबाट खतिवडा र सिटौलालाई आगामी चार वर्षका लागि पुनः सञ्चालक सदस्यमा निर्विराेध निर्वाचित गरेकाे हाे ।

संस्थाको निर्वाचन प्रकृयामा दुवै पदका लागि एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । यसअघि पनि उनीहरूले संस्थाको सञ्चालकका रूपमा जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन् ।

निर्वाचित सञ्चालक सदस्य गोकर्ण खतिवडा पत्रकारिता र कर्पोरेट सञ्चार क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बोकेका स्थापित व्यक्तित्व हुन् । राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय मामिलामा उनकाे दख्खल छ । उनले ज्योति विकास बैंक र अरुण फाइनान्स लिमिटेडमा सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।
सिटौला व्यवस्थापन र लगानी रणनीतिका क्षेत्रमा अनुभवी हुन् । नेपाल कमर्स क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका सिटौलासँग संस्थागत लगानी र वित्तीय व्यवस्थापनको लामो अनुभव छ । सेयर बजार विश्लेषण, आर्थिक अध्ययन र पोर्टफोलियो व्यवस्थापनमा उनकाे दख्खल छ ।

मंगलबार सम्पन्न साधारणसभाले सेयरधनीहरूका लागि १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको थियाे । गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे ।

प्रकाशित मिति: मङ्गलबार, २९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.