काठमाडौं । भिजिट (पर्यटक) भिसामा विदेश जाने नेपालीको संख्या घटेको छ । सन् २०२४ को तुलनामा वर्ष २०२५ मा भिजिट भिसामा विदेश जाने नेपालीको १५.६० प्रतिशतले संख्या घटेको हो ।
सन् २०२५ मा २ लाख ३१ हजार ६०९ जना नेपाली भिजिट भिसामा १५४ देश गएका थिए । ह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार सन् २०२५ मा १७ लाख १८ हजार ६८८ नेपाली विभिन्न उदेश्यले विदेश गएका थिए । तीमध्ये १३.४७ प्रतिशत भिजिट भिसामा विदेश गएका थिए ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२४ मा विभिन्न उदेश्यले १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए । तीमध्ये २ लाख ७४ हजार ४२८ जना भिजिट भिसामा गएका थिए ।
सन् २०२४ को तुलनामा वर्ष २०२५ मा भिजिट भिसामा विदेश जाने नेपालीको संख्या ४२ हजार ८१९ ले कम छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)