नेकपामा २ हजार ४ सय ९९ केन्द्रीय कमिटी, आज शपथ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यहरूले आज (मंगलबार) शपथग्रहण गर्ने भएका छन् । उपस्थित हुन नसक्नेको हकमा शपथका लागि भर्चुअल माध्यम विकल्प छ ।

विभिन्न १७ घटक दल मिलेर बनेको नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूका लागि शपथग्रहण कार्यक्रम दिउँसो १२ बजे हुनेछ ।

पार्टी नेता बेदुराम भुसालका अनुसार शपथग्रहण कार्यक्रममा काठमाडौंमा भौतिक रूपमा उपस्थित हुन सक्ने सदस्यहरूले प्रत्यक्ष रूपमा शपथ लिनेछन् भने विभिन्न कारणले उपस्थित हुन नसक्ने सदस्यहरूका लागि भर्चुअल माध्यमबाट पनि शपथग्रहणको व्यवस्था गरिएको छ ।

नयाँ संरचनासहित अघि बढेको नेकपाले एकैपटक ठूलो संख्यामा केन्द्रीय सदस्यको शपथग्रहण गर्न लागेको यो पहिलो हो । पार्टी नेतृत्वले यसलाई संगठनात्मक एकता र कार्यदिशा स्पष्ट गर्ने महत्त्वपूर्ण चरणका रूपमा लिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २९ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.