नेपाली कांग्रेसको विशेष महाधिवेशनको जारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले बाेलिरहेका छन् । महाधिवेशनमा दिउँसो ३ बजेसम्म १७ सय प्रतिनिधिले नाम दर्ता गरिसकेको सचिवालयले जानकारी दिएको छ ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

कांग्रेसका काठमाडौं सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको हो । लामो समयदेखि पार्टीभित्र देखिँदै आएको सांगठनिक, विधानगत र राजनीतिक विषयमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै बोलाइएको विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक जीवनमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा पार्टीका महामन्त्री गगन थापासहित विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूलाई औपचारिक प्रतिनिधिभन्दा पनि अतिथिका रूपमा सहभागी गराइएको छ । जसलाई पार्टीभित्रको शक्ति सन्तुलन र प्रक्रियागत सन्देशसँग जोडेर हेरिएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका थिए । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, २७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.