काठमाडौं । अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै नेपाल सरकारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर संयमता अपनाउन आग्रह गरेको हाे । तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न नेपालकाे आग्रह छ ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ ।
विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ । नेपालले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)