माैसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज (बिहीबार) बिहानैदेखि पहाडी र हिमाली भेगमा मौसम आंशिक बदली देखिए पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभाव  छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । ती क्षेत्रबाहेक अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहेको बताइएको छ । तर, तराईका केही स्थानमा बिहानैदेखि हुस्सु लागेको छ । जसको प्रभाव दिनभरि रहने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

बिहीबार दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

तापक्रममा भने खासै ठूलो उतारचढाव नआउने महाशाखाको भनाइ छ । रातिको समयमा समेत तराई भू–भागका धेरै स्थानमा हुस्सु रहने अनुमान गरिएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले तराई क्षेत्रमा देखिएको हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन गतिविधि तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, २४ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.