काठमाडाैं । राष्ट्रिय सभाको १८ सदस्यका लागि माघ ११ गते हुने निर्वाचनमा ४४ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ । राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ । प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।
५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ । जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत खसाल्ने व्यवस्था छ । प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीले मधेस प्रदेशमा, नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।


सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)