नेतालाई भाग पुर्याउन कोशीमा मन्त्रिपरिषद् पुनर्गठन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मंगलबार कांग्रेस-एमाले गठबन्धनकाे सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ नियुक्त गरेका हुन् ।

नेताहरूका अनुसार मन्त्रीपरिषद्का सदस्यको कार्यसम्पादनमा आएको गिरावटका कारण गरिएको सुधार होइन, सत्ता साझेदार दलभित्रका आकांक्षी सांसदहरूलाई ‘भाग पुर्याउन’ गरिएको राजनीतिक व्यवस्थापन मात्रै हो ।

कोशीको मन्त्रिपरिषदमा रहेका एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला, एकराज कार्की खानेपानी र पाँचकर्ण राई सामाजिक विकास मन्त्री थिए । राज्यमन्त्री सिर्जना राई थिइन् । उनीहरु सबै फिर्ता भए ।

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार र स्वास्थ्य, सदानन्द मण्डल पर्यटन र खगेनसिं हांगाम कषि मन्त्री थिए,भूमि प्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री थिए । उनीहरु पनि ब्याक भए ।

सेट नै फिर्ता गरेर मुख्यमन्त्री कार्कीले एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री बनाएका छन् । उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको ‘चिठ्ठा’ परेको छ । उनी गर्तवर्ष पनि राज्यमन्त्री बन्ने तयारीमा थिए, तर अन्तिमममा ब्याक भए ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन वन, मानबहादुर लिम्बू स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग तथा कृषि तथा सहकारी मन्त्री बनेका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

भागवण्डा पुर्याउनका लागि फेरबदल भएका मन्त्रीको कार्यअवधि एक वर्षको हुनेछ । बहिर्गमनमा परेका कांग्रेसका मन्त्री २०८१ भदौ २८ गते मन्त्री बनेका थिए । एक वर्ष पुगेपछि उनीहरुलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको थियो ।

एमालेबाट २०८१ जेठ पहिलो साता रामबहादुर मगर, एकराज कार्की, पाँचकर्ण राई, र लिलाबल्लभ अधिकारी मन्त्री बनेका थिए । विवादमा परेर अधिकारीले राजीनामा दिएपछि २०८१ मंसिरमा रेवतीरमण भण्डारी मन्त्री बनेका थिए ।सरकारमा रहेका मन्त्रीहरू पटक पटक विवादमा मुछिएका थिए । हाङगामले गृहजिल्ला ताप्लेजुङ पुगेर पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबेलाई कुटपिट गरेपछि विवादमा तानिएका थिए । पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा सदानन्द मण्डल क्यूआर कोड विवादमा मुछिएका थिए । सचिवालयका कर्मचारीमार्फत कार्यालय प्रमुखलाई बैंक खाताको क्यूआर पठाएर सहयोग मागेको आरोप उनीमाथि लागेकाे थियाे । तर उनले अस्विकार गर्दै अाएका थिए ।

सरकारको मुख्य काम जनतालाई सेवा प्रवाह डेलिभरी गर्ने हुनुपर्नेमा सत्ता टिकाउन र असन्तुष्ट सांसदहरूलाई खुसी पार्नकै लागि मन्त्रिपरिषद् पुनर्गठनको शृङ्खला चलिरहेको नेताहरु बताउँछन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यो केवल ‘अनुहार फेर्ने’ काम मात्र हो । ‘मन्त्रालय उही हुन्, नीति उही हो, केवल नेताहरूको व्यवस्थापन गर्न अनुहार फेरिएका हुन्,’ स्रोतले भन्यो ।

प्रतिपक्षको टिप्पणी : असफलता लुकाउने प्रयास

कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद् पुनर्गठनलाई‘असफल सरकारको असफलता लुकाउने नाटक’ भएको बताए ।

‘सरकार पूर्ण रूपमा असफल भयो, हिजोको टिम विवादरहित रहेन । अहिलेको हेरफेर भागबण्डा पुर्‍याउन र नेता व्यवस्थापन गर्न मात्रै हो,’ नेता आङ्बोले भने, ‘जग नै पुरानो र कमजोर भएपछि मान्छे फेरेर मात्रै सरकार सफल हुँदैन ।’

असफल सरकारबाट प्रदेशबासीले केही आस गर्न नसक्ने उनको भनाई छ । ‘उहाँहरुले जम्माजम्मी भागवण्डा पुर्याउने र नेता व्यवस्थापन गर्ने बाहेक अन्य काम भएको छैन,’ उनले भने,‘यो सरकार असफल भएर सेट परिवर्तन भएको हो, मान्छे फेरेर परिवर्तन हुँदैन, जग पुरानै भएका कारण सरकार बन्ने त असफल नै हो ।’

प्रकाशित मिति: बुधबार, २३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.