एमालेले तोक्यो सातै प्रदेशको संयोजक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा (एमाले)ले सातै प्रदेशका लागि प्रदेश तथा निर्वाचन संयोजकको जिम्मेवारी तोकेको छ । पार्टीको सचिवालय बैठकले नेताहरूको कार्यविभाजन गर्दै प्रदेश र निर्वाचनको कमान्ड सम्हाल्ने गरी नयाँ जिम्मेवारी सुम्पेको हो।

जसअनुसार कोशी प्रदेशको संयोजकमा शेरधन राई र मधेश प्रदेशको संयोजकमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

बागमती प्रदेशको संयोजकमा महेश बस्नेत चयन भएका छन् भने राजधानी (काठमाडौँ) को संयोजन गर्ने जिम्मेवारी डा. राजन भट्टराईलाई दिइएको छ। गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नाले संयोजकको भूमिका निभाउनेछन्।

बैठकले पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी नेता भानुभक्त ढकाललाई दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, २३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.