मुख्यमन्त्री हिक्मत कार्की विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी भएपछि आजै नयाँ मन्त्रीकाे सपथ हुनेछ ।
सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पनि आजै सबै मन्त्रीले राजीनामा दिने बताए ।
एमालेबाट विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने तयारी छ ।
कांग्रेसबााट प्रदीप सुनुवार, भौतिक पुर्वाधार , भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री बनाउने तयारी छ । शोभा चेम्जोङलाई राज्यमन्त्री बनाउने तयारी छ ।
एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् । कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)