काेशी प्रदेशमा फस्टाउँदै स्टार्टअप उद्यम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल राष्ट्र बैंकले स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले गरेको एक अध्ययनमा स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको उल्लेख गरिएको हो ।

बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदनअनुसार यस क्षेत्रमा कूल लगानी २ अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८.७ प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१.३ प्रतिशत हिस्सा स्वः पुँजी रहेको बताइएको छ ।

अध्ययनअनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन् ।

त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्येका सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३.३ प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१.२ प्रतिशत उद्यमी संलग्न रहेका उल्लेख गरिएको छ ।

युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ । सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६.७ प्रतिशत युवा आबद्ध रहेका छन् । साथै, ५० देखि ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७.३ प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको संख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्यांक संकलन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी ५ व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४ प्रतिशत उद्यम छन् ।

प्रकाशित मिति: मङ्गलबार, २२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.