चिसाे बढ्याे, वर्षाकाे सम्भावना कम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पछिल्लाे केहीदिनयता देशभर चिसाे बढ्दै गएको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।

केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो । आइतबार ४, सोमबार ३.५ र मंगलबार बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस मापन भएको हो । नेपालमा न्यूनतम तापक्रमको आधिकारिक तथ्यांक हरेक दिन बिहान पौने ९ बजे मापन गरेर सार्वजनिक गरिन्छ ।

मौसमविद डेभिड ढकालका अनुसार आज यस वर्षको हालसम्मकै कम न्यूनतम तापक्रम मापन भए पनि यो सरदर भन्दा भने केही बढी नै हो । उनका अनुसार देशभर चिसाे बढ्दाे क्रममा छ ।

तराईका जिल्लाहरूमा बिहानीपख लाग्ने हुस्सु र कुहिरो अझै केही दिन जारी रहने सम्भावना छ । यद्यपि, यो अवस्था स्थिर नरही मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् ढकालको भनाइ छ । तराई मधेशका बासिन्दाले तपतप शीत चुहिने गरेकाले दैनिक जनजीवन प्रभावित भएको बताएका छन् । तर मौसम विज्ञान विभागले भने अहिलेको अवस्थालाई ‘शीतलहर’ नै भन्न नसकिने जनाएको छ ।

नेपालमा आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहे पनि केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ ।

प्रकाशित मिति: मङ्गलबार, २२ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.