माेरङमा एमालेबाट ४३ जनाकाे नाम सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले फागुन २१ को निर्वाचनका लागि ४३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन्। आइतबार सम्पन्न बैठकहरूमा कुनै पनि क्षेत्रबाट एकल नाम सर्वसम्मत हुन नसकेपछि ३ देखि १६ जनासम्मको सूची जिल्ला कमिटीमा पठाइएको हो।

यस पटकको सिफारिसमा नेता विनोद ढकालको नाम क्षेत्र नम्बर १, ४ र ६ गरी तीनवटा क्षेत्रबाट समावेश गरिएको छ। क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा र विनोद ढकालसहित ६ जना, क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल र दिलीप अग्रवालसहित ३ जना र क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकाल र केदारप्रसाद गुरागाईँसहित १६ जनाको नाम सिफारिस भएको छ।

त्यस्तै, क्षेत्र नम्बर ४ बाट जीवन घिमिरे र विनोद ढकालसहित ९ जना, क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेलसहित ६ जना र क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, विनोद ढकाल र पर्शुराम बस्नेतसहित ७ जनाको नाम पठाइएको छ।

क्षेत्रीय कमिटीले सिफारिस गरेका यी नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै अन्तिम निर्णयका लागि केन्द्रमा पठाइने एमाले मोरङले जनाएको छ।

प्रकाशित मिति: सोमबार, २१ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.