माेरङमा एमालेबाट ४३ जनाकाे नाम सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) मोरङका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले फागुन २१ को निर्वाचनका लागि ४३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन्। आइतबार सम्पन्न बैठकहरूमा कुनै पनि क्षेत्रबाट एकल नाम सर्वसम्मत हुन नसकेपछि ३ देखि १६ जनासम्मको सूची जिल्ला कमिटीमा पठाइएको हो।

यस पटकको सिफारिसमा नेता विनोद ढकालको नाम क्षेत्र नम्बर १, ४ र ६ गरी तीनवटा क्षेत्रबाट समावेश गरिएको छ। क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा र विनोद ढकालसहित ६ जना, क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल र दिलीप अग्रवालसहित ३ जना र क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकाल र केदारप्रसाद गुरागाईँसहित १६ जनाको नाम सिफारिस भएको छ।

त्यस्तै, क्षेत्र नम्बर ४ बाट जीवन घिमिरे र विनोद ढकालसहित ९ जना, क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेलसहित ६ जना र क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, विनोद ढकाल र पर्शुराम बस्नेतसहित ७ जनाको नाम पठाइएको छ।

क्षेत्रीय कमिटीले सिफारिस गरेका यी नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै अन्तिम निर्णयका लागि केन्द्रमा पठाइने एमाले मोरङले जनाएको छ।

प्रकाशित मिति: सोमबार, २१ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.