भद्रपुर । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको बुद्ध एयरको ‘बुद्ध ९०१’ जहाज शुक्रबार राति ९:१० बजे अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार काठमाडौंबाट राति ८:२३ बजे उडेको उक्त जहाज भद्रपुर नगरपालिका वडा नं. ८ स्थित विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गको पूर्वतर्फ (रन-वे ओभर रन) ३०० मिटर बाहिर पुगेर भासिएको छ ।
जहाज क्षतिग्रस्त अवस्थामा रहेको छ। दुर्घटनालगत्तै जहाजमा सवार सबै ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यहरूलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली खटिएर उद्धार र व्यवस्थापनको कार्य गरिरहेको छ ।
काठमाडौंबाट उडेको ४७ मिनेटपछि अवतरण गर्ने क्रममा यो घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)