अंशु गौतम हत्या प्रकरण : आरोपी अधिकारी पूर्पक्षका लागि कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत माेरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले बिहीबार थुनछेक बहसपछि प्रतिवादी अधिकारीलाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशसँगै अधिकारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानका क्रममा उनले बलात्कार प्रयास असफल भएपछि हत्या गरेकाे स्वीकार गरेका थिए  ।

प्रकाशित मिति: शुक्रबार, १८ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.