ग्रामथान गाउँपालिकामा विवाद : उपाध्यक्षले लगाएकाे ताला अध्यक्षका समर्थकले फुटाए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको शक्ति संघर्षले उग्र रूप लिएको छ । बिहीबार अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारु पक्षबीचको विवादका कारण पालिका कार्यालय परिसर तनावग्रस्त बन्याे ।

अध्यक्ष माझीले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै उपाध्यक्ष थारुले बुधबार लेखा शाखामा तालाबन्दी गरेकी थिइन् । सो ताला खोल्न माग गर्दै पुगेका अध्यक्षका समर्थक र स्थानीयले बिहीबार लेखा शाखाको ताला फुटाएका छन् । ताला फुटाउने क्रममा दुई पक्षबीच भनाभन र हातहालाहाल समेत भएको थियो । प्रदर्शनकारीहरूले आफूहरू अध्यक्षकाे कार्यकर्ता नभई पालिकाको सेवा ठप्प हुँदा मर्कामा परेका स्थानीय भएको दाबी गरेका छन् ।

प्रहरीले दुवै पक्षलाई संयमित राख्न र थप अप्रिय घटना हुन नदिन बीचमा बसेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

उपाध्यक्ष गुणवतीदेवी थारुले अध्यक्ष माझीले गाउँसभा एकलौटी रूपमा सम्पन्न गरेको र बजेट किताबमा आफ्नो मन्तव्य समेत समावेश नगरेको आरोप लगाएकी छन् । बजेट पुस्तिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मात्र मन्तव्य राखिएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएकी छन् ।

यता अध्यक्ष माझीले भने आफूलाई काम गर्न नदिने उद्देश्यले उपाध्यक्ष र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले अवरोध सिर्जना गरेको बताउँदै आएका छन् । गत वर्ष मंसिरमा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका माझीले एमालेको बहुमत रहेको कार्यपालिकामा आफूलाई घेराबन्दी गरिएको गुनासो गर्दै आएका छन् ।

जनप्रतिनिधिबीचकाे विवाद कार्यालयभित्र मात्र सीमित छैन । गत पुस ९ गते विराटनगरको मुख्य सडकमा गाडीको साँचो खोस्ने विषयलाई लिएर अध्यक्ष र उपाध्यक्षबीच सार्वजनिक रूपमै विवाद भएको थियो । जिल्ला प्रशासन कार्यालय नजिकै उपाध्यक्ष थारुले अध्यक्षले प्रयोग गरिरहेको गाडीको साँचो नियन्त्रणमा लिएपछि दुई पक्षबीच सडकमै बाझाबाझ भएको थियो । जनप्रतिनिधिहरूको व्यक्तिगत र राजनीतिक टकरावका कारण ग्रामथान गाउँपालिकाको प्रशासनिक कार्यहरू प्रभावित भइरहेका छन् ।

प्रकाशित मिति: बिहिबार, १७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.