विजय साहकाे मृत्युपछि सुनसरीमा तनाव, सशस्त्र प्रहरीकाे दाबीप्रति स्थानीयकाे असन्तुष्टि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका– १ का विजय साहको घर भारतीय सीमा नजिकै पर्छ । उनी बेलाबेला भारतबाट सामान ल्याएर बिक्री गर्थे । बुधबार राति करिब सवा १ बजे सिटी सफारीमा सामान लिएर आउँदै गर्दा उनीमाथि गोली प्रहार भयो ।

सिटी सफारीको चालकको सिटमा रहेका बेला उनीमाथि सशस्त्र प्रहरीले चलाएको गाेली छातीमा लागेकाे थियाे । घटनापछि सशस्त्र प्रहरीले दोहोरो फायरिङ भएको दाबी गरेको छ । तर, घटनास्थलको प्रकृति र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दोहोरो फायरिङ पुष्टि हुने आधार छैन ।

कोशी गाउँपालिका– १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय साहको मृत्यु भएको थियो । घटनास्थल र साहको घर नजिकै छ । भारतबाट आएका उनले चलाएको सिटी सफारीमा ६–७ बोरा चिनी, सरफ, चलकेट लगायतका सामग्री छन् ।

लेनदेनमा कुरा नमिल्दा गोली प्रहार भएको स्थानीयको दाबी छ । ‘ उनीहरुले पैसा मागेका थिए,मागेजति नदिने भएपछि गोली प्रहार भयो,’ आक्रोशित स्थानीय भन्छन्,‘ दोहोरो झडप भएको होइन, प्रहरीले दुई गोली हानेको छ ।’

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहकसँग दोहोर गोली हानाहान भएको दाबी गरे । ‘ सामान चोरी गरेर आए, हामीले रोक्न खोज्दा रोकिएन, अगाडि भागेको गाडीबाट फायर गर्याे, एपीएफले पनि फायर गर्याे,’ उनले भने,‘ तस्करको समूहले फायरिङ गरेको हो ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्का घटनास्थलबाट दुई राउण्ड गोली फेला परेको बताउँछन् । उनका अनुसार मृतकको शरिरमा दुई गोली लागेको जस्तो दाग छ । ‘ दोहोरो भिडिन्त भयो भएन अनुसन्धानकै क्रममा छ,’ उनले भने,‘भएको भन्ने कुरा छ, अनुसन्धानकै क्रममा छ,, हामीले दुई राउण्ड खोका भेटेका छौं ।’

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतकले प्रयोग गरेको सिटी सफारी र शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति: बिहिबार, १७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.