समानुपातिक उम्मेदवारको बन्दसूची : कांग्रेसमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी, रास्वपामा सेलिब्रेटी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं  । नेपालको संविधानकाे मर्म समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने हाे । तर, प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा दलहरुले नेताका छोराछोरी, धनाड्यका सन्तान र सेलिब्रेटीलाई प्राथमिकतामा राखेका छन् ।

नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । रास्वपाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षका छोरालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा डाक्टर चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ । कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

रास्वपामा सेलिब्रेटीकाे वर्चस्व

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ ।

११० जनाको सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल छन् । गोल्डस्टार ब्रान्डका जुत्ता–चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट बन्दसूचीमा परेकी छन् ।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन् । मुस्लिम महिलातर्फ मानव अधिकारकर्मी मोहना अन्सारी सूचीमा परेकी छन्। चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङले पनि समानुपातिकतर्फ स्थान बनाएका छन् । रूपक विश्वकर्मा, प्रकाश सपुत अभिनेत्री रीमा विश्वकर्माको नाम छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.