सिसुवाखोलाका किसानले बेचे १ कराेड १७ लाखकाे अलैँची

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दुई वटा टेबल, त्यसमाथि नोटका बिटाको थुप्रो र वरिपरि खुसी मुद्रामा हिसाबकिताब गरिरहेका किसानहरू । सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्बिर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलास्थित गोगनेका किसानहरूले अलैँची बिक्री गरेपछि आम्दानी बाँडफाँट गर्दैगर्दाकाे हाे ।

परम्परागत खेतीलाई छाडेर सामूहिक व्यावसायिक खेतीमा होमिएका गोगनेका किसानले सामूहिक खेतीबाट मात्रै यो वर्ष १ करोड १७ लाख रुपैयाँ भित्र्याएका छन् । यस वर्ष अलैँचीको बजार भाउ निकै राम्रो रहेकाले किसानहरू उत्साहित छन् । वडा सदस्य हेमराज राईका अनुसार गाेगनेका किसानहरूले याे वर्ष प्रतिमन ९८ हजार रुपैयाँका दरले १ सय १९ मन अलैँची बिक्री गरेका छन्।

उनका अनुसार हेर्दा पैसाको थाक देखिएपनि किसानले सहजै आम्दानी गरेका भने होइनन् । खेतीका लागि लगानी र मेहनत पनि पर्याप्त गरेका छन् । ‘बाहिरबाट पाइपमा पानी ल्याएर फिरफिरे मार्फत पानी पटाउनु पर्छ,वर्षमा चार पटक गोड्नु पनि पर्छ’ उनले भने,’ टिप्नु पर्छ, छाेडार सुकाएपछि मात्रै विक्रीका लागि तयार हुन्छ ।’

गोगने गाउँका ४६ परिवार मिलेर १२–१३ जनाका विभिन्न समूह बनाई सामूहिक खेती गर्दै आएका छन् । सामूहिक खेतीबाहेक किसानहरूले व्यक्तिगत रूपमा पनि अलैँची लगाएका छन् । वडा सदस्य राईका अनुसार यो वर्ष सो वडाका किसानहरूले १० करोडभन्दा बढीको अलैँची बिक्री गरेका छन् ।

गोगनेका किसानले करिब ५–६ वर्षअघि सामुदायिक वनको जग्गा भाडामा लिएर व्यावसायिक अलैँची खेती सुरु गरेका थिए । यो सामूहिक प्रयासले अहिले उनीहरूको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याएको छ । ‘हाम्रो वडाका किसानले १० करोड भन्दा बढीको अलैची बेच्नु भएको छ,’ उनले भने,‘ गोगनेमा ४६ परिवारले १२–१३ जनाको समूह बनाएर खेती गर्नु भएको छ ।’

किसानकाे खेती गर्ने तरिका पनि व्यवस्थित छ । किसानले आफ्नो जिम्मेवारी बाँडफाँट गरेका छन् । यदि कसैले तोकिएको जिम्मेवारी पूरा नगरेमा हर्जाना तिर्नुपर्ने नियमसमेत बनाइएको छ । यसले गर्दा काममा अनुशासन र अपनत्व बढाएको छ ।

प्रकाशित मिति: सोमबार, १४ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.