विराटनगर । इटहरीमा छोरी–ज्वाइँको घर पुगेकी महिलाकाे हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरी आएकी ५६ वर्षीय पबीमाया बयलकोटीलाई उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताले टाउकोमा हिर्काएर हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार उपचारका लागि इटहरी आएकी बयलकाेटी सोमबार घर फर्कने तयारीमा थिइन् । उनी आइतबार साँझ ज्वाइँको डेरामा पुगेकी थिइन् । उनी पुग्दा ज्वाइँ मदिराकाे नसामा थिए । मदिराकै कारण छाेरी ज्वाइँबीच झगडा भइरहन्थ्याे, आइतबार पनि विवाद भयाे । सवारी चालक ज्वाइँले मदिरा सेवन गरेकाे देखेपछि उनले ज्वाइँलाई रक्सी नखान भन्दै सम्झाएकी थिइन् । सासुले सम्झाउँदा सुनिरहेका उनले ट्युबलेको हेण्डलले ल्याएर टाउकाेमा प्रहार गरेका थिए । सासूमाथि आक्रमण गरी उनी भागे । प्रहरीले भाग्दै गर्दा इटहरीबाटै पक्राउ गरेकाे खड्काले बताए ।
श्रीमानसहित उपचाकालागि इटहरी आएकी बयलकोटी इटहरी जनता बस्तीमा घर भएकी छोरीको घरमा केही दिन बसेकी थिइन् । सोमबार घर फर्किने तयारी भएपछि उनी विपी चाेकमा बस्ने छाेरीकाे डेरामा पुगेकी थिइन् । दुई सन्तानका बुबा ज्वाइँलाई सम्झाउन खाेज्दा ट्युबलेको हेण्डलले प्रहार गरी हत्या गरेकाे देखिएकाे खड्काले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)