कमल थापालाई घर फर्कायौं : राजेन्द्र लिङ्देन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पूर्वअध्यक्ष कमल थापा पुन: पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झोकाझोकमै पार्टी छाडेका थापालाई फकाएर घर फर्काएको बताए । ‘कमल दाई (थापा) झोकाझोकमै पार्टी छाडेर हिँड्नुभएको थियो । अहिले कुराकारी गर्‍यौं, घर फर्कने टुंगो भयो,’ उनले भने, ‘उहाँलाई फर्कायौं, अरु पनि कोही साथी रिसाएर बाहिर बस्नु भएको छ, भने आउनुहोस् ।’

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्रको आन्तरिक कलहले संगठन कमजोर हुने चेतावनी दिए । संगठन सुदृढीकरणमा नलागी आपसमा लडेर बसे भविष्य अन्धकार हुने उनको तर्क थियो ।

‘हामी जे जति छौँ, आपसमै लडेर बस्ने हो भने भोलि कसैले पत्याउने मात्र होइन, मर्दा झण्डा ओढाउने मान्छे पनि हुँदैन,’ उनले भने, ‘चुनाव जित्ने र आन्दोलन पार लगाउने कुरा त झन् टाढाको विषय बन्छ । त्यसैले कसलाई दु:ख दिन पाइन्छ भनेर कमजोरी खोज्ने बेला यो होइन ।’

उनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा रहेका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आग्रह गरे । राप्रपा कमजोर भएर राजसंस्था पुन:स्थापना हुन नसक्ने दाबी गर्दै उनले भने, ‘अब राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भन्नेहरूको साझा घर राप्रपा हो । आफ्नै जीवनकालमा देश बनेको देख्न चाहने हो भने राप्रपामा जोडिनुको विकल्प छैन ।’

प्रकाशित मिति: आइतबार, १३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.