नेकपा माेरङबाट ४ र ५ मा एकल उम्मेदवार सिफारिस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी मोरङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीले पठाएको केही नामलाई परिमार्जन गर्दै केन्द्रमा पठाएको हो ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवार सिफारिस भएको छ । क्षेत्र नम्बर ६ बाट सिफारिसमा परेका प्रदेश सांसद तथा नेकपा संयाेजक पुष्पकल दाहाल प्रचण्डकाे कान्छा ज्वाइँ जीवन आचार्यले आफ्नो नाम फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री अमनलाल मोदी र ५ बाट पूर्वमन्त्री शिवकुमार मण्डलको एकल सिफारिस भएको छ । मोदी २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । क्षेत्र नम्बर ५ मा शिवकुमार स्वतन्त्र सांसद  योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल), विपेन्द्र चेम्जोङ र उपेन्द्र घिमिरे, कल्पना राई र जेजीबाट कोसिस सुवेदीको नाम पठाइएको छ । क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, चन्द्रवीर राई, जुब्बा सोरेन र प्रेमनारायण थापा र जेनजीबाट निर्मल भण्डारीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट सावित्री कुमार काफ्ले, डा. देवमान साम्बाहाम्फे, लालबहादुर सुस्लिङ मगर, चन्द्रकला सुब्बा र योगेन्द्र लिम्बू र चन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ६ मा उपेन्द्र राय, दीपककुमार ढकाल, सोनेलाल राजवंशी र वसिम आलम र सञ्जुकुमारी साह, मो. परवेज आलम र विनोद घिमिरेको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ को क्षेत्रिय समितिबाट सिफारिसमा परेका प्रदेश सांसद जीवन आचार्यको नाम फिर्ता भएको छ । क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको पूर्वमन्त्री अमनलाल मोदीको नाम पनि फिर्ता भएको छ ।

जिल्लाले समानुपातिक तर्फ ३२ जना आकाक्षीको नाम केन्द्रमा पठाएको छ ।

प्रकाशित मिति: आइतबार, १३ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.